असलमा के. पी. शर्मा ओली, एउटा सतिसाल, चट्टानी र मर्द नेता हाे , जसले अनेक आँधी तुफानसँग सामना गर्दै आफ्नाे कुरामा अडिग रहनुहुन्छ । जबकी हामी जस्ता कतिले त कसैकाे कुनै मिथ्या आक्षेप सहनै सक्दैनाैं, र जवाफ दिई हाल्छाैं, तर हेर्नुस् त हिजाेआज मिडियामा बा प्रतिकाे आक्राेस् ? अपमान जनक शब्दहरूकाे वर्षा, सत्य/असत्य आराेपहरू, मुख पिच्छै नाना भाँतिका उनका विरुद्धमा जायज/नाजायज कुराहरू, गिरीबन्धु टी का कुरा, सुनकाण्डका कुरा, (यस्ता कति कति मैले सुनेर बिर्सेका कुरा), रबि प्रति राजनीति शक्ति प्रयाेगका कुरा, कुलमान प्रतिकाे ब्यवहारका कुरा, हर्क साम्पाङ देखि बालेनसँग सिङाेरी खेलिदै गरेका कुरा, यसाे साेच्छु, वास्तवमा कसरी सुन्न, सहन र सामना गर्न सकेका हाेलान् ? सबै भन्दा ठूलाे भ्रष्ट ब्यक्ति , चाेर, गुण्डा, कमिसन खाेरका नाइके, जस्ता आक्षेपहरू कसरी सुन्न र सहन सकेका हाेलान् ? अनि त्यति मात्र हाेइन , सबैलाई जवाव पनि दिनु, आफ्नाे बचाव पनि गर्नु र प्रतिकार पनि गर्नु, उनकाे विरुद्ध बाेल्नेलाई सम्झी पनि रहनु र कारबाही पनि गर्नु/गराउन नबिर्सनु, यी तमाम कुराहरू कसरी बाेक्न सकेका हाेला ? एउटा पार्टीको नेता भएर देश भित्र सबैका लागि एउटा कडक कमाण्डर-इन-चिफ (नेता) जस्तै बनेर उभिनु, शक्तिशाली बिना हाे त ? उनका विराेधी कत्राकत्रा ढुंगाहरू, धूलाे भएकै छ, पावरफुल ब्यक्तित्व नभएरै हाे त ? साेच्छु, अहिलेसम्म पार्टीका केही ब्यक्ति बाहेक प्राय: कसैले पनि निकाे नभन्ने ब्यक्ति कसरी सुप्रिमाे बनेर हाँस्न सकेकाे हाेला ? यदि एउटा प्रेमी प्रेमिकाकाे बीचमा स्यानाे ठाकठुक पर्दा त कतिले सुसाइड गरेकाे कुरा सुनिएकै छ । तर यति बिघ्न आलाेचना सुनेर, पनि हाँसी हाँसी बाेल्नु, पार्टी र सरकार हाँक्नु सामान्य कुरा पक्कै हाेइन नि ।
लाै एकक्षिण मानाैं कि पार्टीका मान्छेहरूले पदकाे आशले वा पत्रु हुने भयले, अथवा कारबाहीमा परिने त्रासले उनलाई महान मानेका हाेलान्, तर अन्य पार्टी र विचारका मान्छेले पनि त उहाँलाई लाेहा मान्दछ ! यसबाट पनि प्रष्ट हुन्छ- क. केपी ओलीजी एउटा मर्द नेता हाे । एउटा दुइटा गाली बेइज्जती सुन्न नसक्ने संसारकाे बीचमा यति बिघ्न गाली मात्र पाउनु र सुन्नु सबैकाे बसकाे कुरा हाेइन, त्यसकाे लागि बलियै कानकाे पर्दा चाहिन्छ, ठूलै हिम्मत र आँट चाहिन्छ, जाे उहाँमा देखिन्छ । जसरी रामायणमा ( हुन त कतिलाई रामकाे नामसँग एलर्जी छ, तैपनि उदाहरण सान्दर्भिक नै हाेला ) सबैकाे प्रिय रामलाई वनवासकाे माग गरेर वनवास गराउने कुरा पश्चात् पाइने असह्य आलाेचना केवल कैकेयीले मात्र सहन सकेकी थिइन । जबकि लाेक-लीला गर्नकाे लागि स्वयं रामले नै कैकेयीलाई जिम्मा दिएकाे थियाे अरे, र कैकेयीले बडाे संयमका साथ आलाेचनाकाे सामना गरेकी थिइन् ! ठीक त्यस्तरी, आज केपी बाले अनेक आलाेचनाकाे सामना गरिरहनु भएकाे छ, अरूले सक्दैन कि ! त्याे पनि हामीलाई एक प्रकारकाे प्रेरणा हाे ? हामीलाई मार्गदर्शन हाे । एउटा प्रभावशाली नेता पाएर हामीलाई गाैरव लाग्छ । तथापि कसै कसैकाे नसीबमा यश लेखेकाे हुदैन केरे ! त्यसै पनि भाैतिवादमा नसीब भन्ने शब्द हुँदैहुदैन । भनाइकाे मतलब.......! सबैकाे जय हाेस् । लाल सलाम !
शिवनारायण सिङगल विराटनगर




















