मुक्तक-:१
घर ले झ्याल खोज्छ अटाली खोज्छ
कोदाली ले कान्लो खोज्छ आली खोज्छ
मह कै दहमा डुबायर राख्नु होस महासय
झिङ्गा ले फोहर खोज्छ नाली खोज्छ !
मुक्तक-:२
यहाँ त न जित्ने रहन्छन न हार्ने रहन्छन
यहाँ त न मर्ने रहन्छन न मार्ने रहन्छन
आफ्नो जीवन आफै पार लगाउनु बाबै
यहाँ त न तर्ने रहन्छन न तार्ने रहन्छन !
मुक्तक-:३
मझेरी र आँट नपाउने लाई चुलो चौका दिए कै हो
काक्रो माग्दा काक्रो लौका माग्दा लौका दिए कै हो
खै कहाँ कस्को के देखेर बदलियो कुन्नि उस्को मन
मैले त सम्बन्ध जोगाउन बार बार मौका दिए कै हो !
मुक्तक-:४
उ सँग खुसी प्रचुर के को थियो घाम सँग सोध्नु छ
दोषी हुनुमा मेरो कसुर के थियो हावा सँग सोध्नु छ
म हर रात एक्लै असह्य पीडा ले छट पटेर रोही रहँदा
उस्को तनमा फुरफुर के को थियो जुन सँग सोध्नु छ !
काठमाडौ
लब खड्का
काठमाडौ हत्तिगाँडा
जय भद्रकाली !




















