गरिबिमै किन नहुन् नारीका  रहर उस्तै छन्

चेलीको घातगर्ने ती ठालुका जहर उस्तै छन्


झाडि र कान्लामा भेटिन्छन् छोरीका लासहरु 

ती योनपिपासु  बलात्कारीका कहर उस्तै छ्न्


जुनै तन्त्र आओस् मारमा पर्छन् ती निमुखाहरु 

गाँस वास अनि दुख्ख पिडाका पहर उस्तै छ्न् 


चासो छैन कुनै गाउँ बस्तीमा उन्नति र प्रगतिको 

ठाँटमा बस्नेलाइ मोज मस्तिका सहर उस्तै छ्न् 


देशको दुर्दशा बनाएर मस्त निद्रामा छ्न् सासक   

बेचिए सिमाना बेचिन दाउमा नदी नहर उस्तै छ्न्

अजिता प्रधान 

विराटनगर