विराटनगर।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।
आइतबार साँझ काठमाडौं पुगेका मेयर साम्पाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका छन्।
‘लोकतन्त्रको अनुभव भएको छैन । भोली सिंहदरवार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्नेखालको स्थिती रहेको छ । अब, मलाई त त्यो हुन्छ भने सर्वसाधरण जनताले मन्त्रिलाई भेट्न सक्छ?जुन सुकै पार्टीबाट चुनीएर आए पनि हामी जनताको प्रतिनिधीत्व गर्ने ठाउँमा पुगिसके पछि त्यहाँ पार्टीगत लविङ, पार्टीगत सेटिङ भन्दा माथी उठेर काम गर्नुपर्ने साङ्पाङ्ले बताएका छन्।




















