कवि चिरञ्जीवी काफ्ले अन्तर्राष्ट्रिय रमबास प्रतियोगितामा प्रथम
- चैत २१, २०८१
- ९४१ पटक पढिएको
विराटनगर। छन्दवाटिका नेपालका सचिव आदरणीय कवि तथा गजलकार श्री चिरञ्जीवी काफ्ले अन्तराष्ट्रिय रमबास कविता प्रतियोगितामा प्रथम भएका छन् । साहित्यका बिबिध विधाहरूमा कलम चलाएर पाठक तथा स्रोताहरूलाई मन्त्र मुग्ध बनाउने कवि चिरञ्जीवी काफ्ले मोरङ्गको रङ्गेलीमा स्थायी बसोवास गर्दै आएका काफ्ले छन्दमात्र नभएर अन्यविधामा पनि कलम चलाउँदै आभएका छन्। छन्दवाटिका नेपाल , रङ्गेली साहित्य कला समाज लगायत बिभिन्न सङ्घ संस्थामा रहेर साहित्यिक, सामाजिक तथा धार्मिक कार्यहरूमा सक्रिय नाम हो चिरञ्जीवी काफ्ले।
भर्खरै सम्पन्न गजेन्द्र सिंह क्षेत्री स्मृति रम्बास कविता प्रतियोगितामा प्रथाम हासिल गरेका हुन्।त्यसै गरि दोस्रो पुरस्कार प्राप्त गर्न सफल ,माधव उपाध्याय गुवाहाटि असम,रहेक छन्। भने तेस्रोमा ,विकास क्षेत्री बिजनबारी दार्जिलिङ रहेका छन्।




















