विराटनगर । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । समृद्धि र न्यायका लागि सहकारी मूल नाराका साथ बुधबार विराटनगरमा सम्पन्न भएको हो ।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी आन्दोलनले देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सहकारी क्षेत्रलाई थप प्रभावकारी बनाउन आवश्यक तथा कानूनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सहकारी आन्दोलनको वर्तमान अवस्था र चुनौतीहरूबारे प्रकाश पार्दै ६८ वर्षको यात्रामा नेपालको सहकारी आन्दोलनले धेरै उतारचढाव पार गरेको बताएका थिए। आज सहकारी क्षेत्रमा ३५ हजारभन्दा बढी संस्थाहरू क्रियाशील छन् र करिब ७० लाख नागरिकहरू प्रत्यक्ष रूपमा आबद्ध छन्। संस्थाहरूलाई पारदर्शी र जवाफदेही बनाउन जोड दिदै
कार्यक्रममा सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई अभियन्ताहरू माधव अत्री र विष्णु ओझालाई विशेष सम्मान प्रदान गरिएको थियो ।समारोहमा सहकारी विज्ञ प्रा.डा. खगेन्द्र ओझाले सहकारीको आर्थिक विकासमा भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सहकारी क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन सुझाव दिदै कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी आन्दोलनले सामना गरिरहेका चुनौतीहरूबारे चर्चा गरे।भने मूल समारोह समितिका संयोजक डा. डिल्ली पोखरेलले कार्यक्रमको समापन गरेका थिए।




















