विराटनगर, चैत १९ – "मर्यादित सहकारीः समुन्नत समाज" नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवसमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ। दिवसको पूर्वसन्ध्यामा चैत १९ गते साँझ विराटनगर महानगरपालिका, महेन्द्रचोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको थियो।
दीप प्रज्वलन कार्यक्रम उपसमिति संयोजक सीता लामिछानेको संयोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले दीप प्रज्वलन गरेको हो। कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
चैत २० गते ६८औं राष्ट्रिय सहकारी दिवसका अवसरमा कोशी प्रदेश सरकारको समन्वयमा मूल समारोह समिति मोरङले झाँकी र्याली तथा मूल समारोह आयोजना गरेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की रहनेछन्।




















