विराटनगर। २०८१:१२:१८श्रम संसार वेव पोर्टल प्रवर्दनको लागि निजी क्षेत्र तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम स्टेप अप प्रोजेक्ट को आयोजनामा सम्पन्न भएको छ।
साना तथा मझौला व्यवसायी महासंघ (FSMEs) को समन्वय मा भएको थियो।
साना तथा मझौला व्यवसायी महासंघ (F-SME) मोरङ को सस्थापक अध्यक्ष दिनेश भक्त श्रेष्ठ को अध्यक्षता मा सम्पन्न सो कार्यक्रममा बोल्दै परियोजना संयोजक ई.गणेश दाहाल ले परियोजना ले आज सम्म गरेको काम वारे विस्तृत विवरण प्रस्तुत गरेका थिए। त्यस्तै कार्यक्रम अधिकृत युवराज वास्तोला ले व्यवसाय कसरी प्रविधि संग जोडेर अगाडी बढ्न सकिन्छ भनेर प्रकाश पारे।बिज्ञ सेवक बजगाईं ले वेव पोर्टल को आवश्यकता र महत्व वारे प्रकाश पारेका थिए।त्यस्तै N.Y.E.F को पूर्व अध्यक्ष तथा बारी कफी का संचालक युनेश राज श्रेष्ठ,NYEF को अध्यक्ष सुमन भट्टराई, विन मोरङ च्याप्टर कि प्रथम उपाध्यक्ष डिना प्रधान लगायतले आफ्नो मन्तव्य राखेका थिए।
संस्थापक अध्यक्ष श्रेष्ठले SMEs देश को आर्थिक मेरुदण्ड भएकोले साना तथा मझौला व्यवसायी (SMEs) हरु लाई तीनै तहको सरकारले प्रोत्साहन गर्नु पर्ने धारणा राखे। कार्यक्रम अंकिता गिरिको संचालन रहेको उक्त कार्यक्रममा घरेलु तथा साना उद्योगका व्यावसाहिहरुको बाक्लो उपस्थित रहेको थियो।




















