पूर्वराजालाई योगेशको चेतावनी
- चैत १८, २०८१
- २६३ पटक पढिएको
काठमाडौँ ।नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई छिनोफानो भइसकेको इतिहासलाई फेरि फर्काउन खोजेर बचेको शाख पनि नसिद्धयाउन चेतावनी दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताले फालिसकेको राजतन्त्र अब फर्किने सम्भावना नहरेकाले देशमा अराजक गतिविधि नगराउन अनुरोध गरेका छन् ।फेरि राजतन्त्र फर्काएर लुईँ चौधौंको टाउको काटिएको ठाउँमा जान खोजेको हो? भन्दै पूर्व राजा शाहलाई चेतावनी दिएका छन्। उनले भने, ‘माननीयज्युहरुले फेरि छिनोफानो गरौं तर म यहाँ भन्न चाहन्छु । इतिहासले छिनोफानो गरिसक्यो । फेरि अब के को छिनोफानो गर्ने? के अब लुईँ चौधौंको टाउको काटेको ठाउँमा जान खोजेको हो?’यस्तै संविधानमै सनातन संस्कृति र धर्मलाई रक्षा गर्ने उल्लेख भएकाले यो देशमा हिन्दू राष्ट्र आवश्यक नरहेको स्पष्ट पारे । हिन्दू राजा र हिन्दू राष्ट्र चाहियो भन्दै बहुसंख्यक हिन्दूहरुको भावनामा नखेल्न चेतावनी दिएका छन्।