काठमाडौँ।राजसंस्था पुन:स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका 'कमान्डर' दुर्गा प्रसाईंले आफू काठमाडौंमै रहेको बताएका छन् । आइतबार

फेसबुकमा लाइभ आउँदै प्रसाईंले आफू काठमाडौंको एउटा मन्दिरमा सुरक्षित रूपमा बसेको बताएका छन् ।

शुक्रबारको प्रदर्शनमा गाडीले सुरक्षाकर्मीलाई पेल्न खोजेका प्रसाईंले भनेका छन्, 'दुर्गा प्रसाईं तपाईंहरूबाट टाढा छैन । म भागेको छैन । म भाग्दिनँ । म सुरक्षित मात्र बसेको हुँ । म नेपाल र नेपाली छाडेर भाग्दिनँ । म कुनै काठमाडौंको एउटा मन्दिरमा छु । '