काठमाडौँ ।राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु
भएको छ ।
राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो/भिडियो खिच्न पुगेका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।
एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी आगोमा परेको बताए । 'प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन नसकेको बताए।




















