मुक्तक-:१
अनावश्यक भुक्ने बानी छैन मेरो
यत्रतत्र सर्वत्र चुक्ने बानी छैन मेरो
विश्वास र इमानमा बाच्ने मान्छे हुँ म
असत्य सँग कवै झुक्ने बानी छैन मेरो !
मुक्तक-:२
मधुर धुन पनि फिक्का लाग्न थालेको छ
चर्को नुन पनि फिक्का लाग्न थालेको छ
उस्को सिउदो पराईको सिन्दुर ले रंगे पछी
गाडा खुन पनि फिक्का लाग्छ थालेको छ !
मुक्तक-:३
पानीले नमेट्ने प्यास दिएर जानेलाई सलाम
ओौकातले नभेट्ने आस दिएर जानेलाई सलाम
निर्दोष शान्त मनमा चलायर निर्दयी भूकम्प
भूल्नै नसकिने इतिहास दिएर जानेलाई सलाम !
मुक्तक-:४
को मासिन्छ को पलाउछ समय ले बताउछ
कस्ले छल्छ कस्ले छलाउछ समय ले बताउछ
भो गर्नु प्रदैन कसैले मनगढन्त भविष्यवाणी
को जल्छ कस्ले जलाउछ समय ले बताउछ !
लब खड्का
हत्तिगाँडा काठमाडौ
जय भद्रकाली !




















