काठमाडौं । प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् ।

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको कर्मचारीले जानकारी दिए।

तिनकुनेबाट फर्किएका प्रदर्शनकारीहरुले कोटेश्वरमा रहेको भाटभटेनीको तल्लो फ्लोरमा लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको कर्मचारीले बताए । सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको गुनासो गरेका छन्।