विराटनगर । इटहरी चोकबाट दुई सय मिटर पूर्वमा रहेको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।
विहान साढे नौबजेदेखि प्लाजाको पाँचौं तलामा लागेको आगो अझै नियन्त्रणमा लिनका लागि आठवटा दमकलले प्रयास गरिरहेका छन् ।
तर आगलागी नियन्त्रणमा आउन नसकेको जनाइएको छ । आगो फैलिएर छैटौं र सातौं तलामा समेत सल्किएको प्रहरीले जनाएको छ ।
नौ तलाको यो भवनमा होटेल बरण्डा, बरण्डाको रेस्टुरेन्ट, क्युएफएक्सको सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर र पसलहरू रहेको छ।थप विवरण आउन बाकी छ।




















