अँध्यारोमा छामछुम गर्दै 

आफ्नोलागि अनुकूलहुने 

भौतिक अभौतिक अनि 

आर्थिक दृष्टिकोणले 

हितकारी भण्डारमा छापा मारेर

पोको पार्न र कुम्ल्याउन 

खप्पिस खेलाडीहरूको 

निश्चय पनि, 

उज्यालोमा आँखा तिर्मिराउँछ नै! 


त्यसैले त आफ्नो नजर परेका 

उज्याला र चम्किला दीपहरूलाई

फू गरेर फुकेर होस् 

वा बलिरहेको बाती निमोठेर होस् 

अथवा पाखा लाग्नेगरी

भुक्क लात्तीले हानेर होस् 

त्यो चम्किलो दीप त आखिर 

निभाएर छाड्छ नै! 

चाहे तो सहस्रलाई उज्यालो प्रदानगर्ने 

आशाको ज्योति होस्

अथवा देशको मान राख्ने 

कुलको मान निमोठेर किन नहोस्!! 

-प्रमोद भट्टराई 'प्रतीक' 

काठमाडौ भक्तपुर