विराटनगर|सम्पन्न प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशनले गणेश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

यही फागुन १० गतेदेखि सम्पनन महाधिवेशनले पाण्डेको अध्यक्षतामा  ९९  सदस्यीय कार्यसमिति चयन गरेको हो । 

उपाध्यक्षमा चेत अधिकारी र महिला उपाध्यक्षमा  कृपा भण्डारी चयन भएका छन् ।भने भण्डारी समाजवादी प्रेस संगठनबाट एकता प्रक्रियाबाट आएकी हुन् । यस्तै महासचिवमा हिरामान लामा भए।उपमहासचिवमा हरिबल्वभ नेपाल चयन भएका छन् । सचिवमा विक्रम लुइटेल, विष्णु तारुखे, नरेश भण्डारी र प्रदिप आचार्य चयन भएको निर्वाचन आयोगले जानकारी दिएको छ । 

नेकपा एमाले पार्टी अध्यक्ष केपी ओलीको ठाडो निर्देशन भन्दैं प्रतिस्पर्धाका लागि  अध्यक्षमण्डलले उम्मेदवारी मनोनयन मै निषेध गरेका थिए । त्यसका लागि स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतम लागेका थिए । अध्यक्षमा गणेश पाण्डे र महासचिव चेतन अधिकारीलाई बनाउन पार्टी अध्यक्षबाट निर्देशन आए पछि प्रतिनीधिहरु रुष्ट बनेका थिए । 

अध्यक्षमा दावी गदैं आएका प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले बन्दसत्रमा भावुक भएर मन्तव्य व्यक्त गरे। 

यस संगठनमा एकसे एक होनहार नेताहरू छन् । प्रेस चौतारी नेपाल हाँक्न एक से एक सक्षम नेता छन्।उनले शुभचिन्तकहरु माझ भने मञ्चमा बस्नेले तल बस्नेलाई ललकार्नु हुँदैन । पदहरू अस्थायी हुन् , ज्ञान र विवेक स्थायी हुन्। पदले एक वर्ष शासन गर्ला बुद्धिले सधैँ शासन गर्छ।’

अध्यक्षमा दाबी प्रस्तुत गरे पनि प्रतिस्पर्धा गर्न नदिएको उनले गुनासो गरेका थिए। ‘मैले संगठनलाई अर्को घुम्तीसम्म लैजान सक्छु भन्ने थियो । तर अवसर मिलेन  हामीमाथि सयौँ प्रश्न छन् । अब संगठन अगाडि कसरी लैजान्छौँ ? ‘प्रधानमन्त्रीमाथि तीव्र प्रोपोगन्डा छ। त्यो प्रोपोगन्डालाई कसरी प्रतिरोध गर्छौँ ?–उनले भने ।

अवको यात्रा सकृय पत्रकारितामा हुने उनले बताए ।  ‘अव म  न्युज रुममा हुनेछु । मैले २२ वर्षको अवधिमा संगठन पार्टीका लागि समय दिए।उनले भने।  उनले देश भरबाट आएका प्रतिनिधिको भावना सम्बोधन नभएकोमा गुनासो समेत व्यक्त गरे ।