विराटनगर -एमालेनिकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदानको समय नराखी तालिका सार्वजनिक गरेपछि मतदाता नै छक्क परेका छन् । 

निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले सोमबार २ बजेसम्मको समयावधिमा मतदाता नामावली प्रकाशन, दाबी विरोध, जाँचबुझ र अन्तिम नामावली प्रकाशनका प्रक्रिया तोक्दै समय तालिका सार्वजनिक गरेका थिए।

निर्वाचन आयोगका अनुसार उम्मेदवारको मनोनयनको समय २:४५ बजे, उम्मेदवारको नामावली प्रकाशन ३ बजे, उम्मेदवारमाथि दाबी विरोध ३:१० बजे र अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे तय गरिएको हो । उम्मेदवारी फिर्ता लिने समय ४:१५ बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय ४:२० बजेका लागि तोकिएको थियो ।