विराटनगर /२०८१!१२/९-:नेपाल बुद्धिजिवी परिषद मोरङको अध्यक्ष मा डा. डिल्ली पोखरेल निर्वाचित भएका छन् । बुद्धिजिवी परिषदको दशौं जिल्ला अधिवेशनले डा. पोखरेललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो।

त्यसैगरी अधिवेशनले उपाध्यक्षमा रीता पाठक दाहाल, सचिवमा गोविन्द निरौला, उपसचिवमा सानु जोशी र सिताराम खतिवडा तथा कोषाध्यक्षमा नरेन्द्र खड्‌कालाई चयन गरेको छ । ३५ सदस्यीय जिल्ला समितिमा १७ पालिका र विभिन्न पेशा तथा क्षेत्रको प्रतिनिधित्व रहने गरी सदस्यहरु चयन गरिएको कुरा निवर्तमानकि उपाध्यक्ष रिता पाठक दाहालले जानकारी दिएकी छन्।

यस अधि अधिवेशनको उद्‌‌घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय उपाध्यक्ष गुरु बारालले देशको विकास र सम्वृद्दिका लागि बुद्धिजीवीहरुले सोच्नु पर्ने र सोहि अनुसार नेतृत्वलाई मार्ग निर्देश गर्नु पर्ने बताएका थिए। कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु रामलाल साह, जिवन घिमिरे, युवराज बास्कोटा , परिषदका पुर्व अध्यक्ष टीका राम पुरी , केन्द्रीय उपाध्यक्ष राधा अधिकारी , केन्द्रीय सचिब यज्ञ प्रसाद शर्मा लगायतले शुभकामाना दिएका थिए।