मुक्तकः१


चारैतिर उजाड, बिचमा ठुलो धरोहर के अर्थ

झुटो आवरण  बाहिर पोतिन्छ गोबर के अर्थ 

यथार्थ  दुरी कल्पना, ब्यूँझेपछि टुट्छ सपना, 

लगाएर कलङ्क टीका बनेर जोकर के अर्थ।

मुक्तक-:२

कसैको मुटुमाथी पत्थरको वर्षात हुन्छ भने

यदि बाँच्ने आधारहरू नै निराधार हुन्छ भने

निश्चित बल्छ, विद्रोहको आगो ढिलो, चाँडो,

एउटा बन्धक अनि अर्को आजाद हुन्छ भने।


मुक्तकः३


बिर्सनु हुँदैन धरातल कहिले शिखर चढेपछि 

सायद पछाडि फर्किनु पर्ला अगाडि बढेपछि 

घाम, छायाँ रहेछ जिन्दगी उदाउने अस्ताउने,

गाह्रो आफैलाई  चित्त बुझाउन मन डढेपछि।


मुक्तक-:४

जब ढलती साम खुद साया साथ छोड देता है

रिवाज है ए मुसिबतका कैसे राह मोड देता है 

ईश्वरीय तोहफा यह शरीर किसीको पता नही,

चलते चलते कब सफर कहाँ दम तोड देता है।

- शरद प्रधानाङ्ग, विराटनगर-७