विराटनगर ,साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित समदृष्टि’ समालोचना संग्रह विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेर विमोचन गरेको हो। कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, डा. हरिहर भण्डारी, साहित्यकार बलराम पोखरेल, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष भूषण ढुंगेल, प्रा.डा. गोपाल दाहाल, नेपाल स्रष्टा समाज कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, साहित्यकार एनपी आचार्य, प्रा.डा. मेदिनीप्रसाद शर्मा नेपाल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेललगायतले पुस्तक विमोचन गरेका थिए।
संग्रहमा पोखरेलले साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि भूपि शेरचन हुँदै नयाँ पुस्ताका लेखकका व्यक्तित्व र कृतित्वमाथि समाचोलना गरेका छन्। पूर्वाञ्चल साहित्य प्रतिष्ठानको १०७ कृतिका रुपमा प्रकाशित गरेको समदृष्टि’ समालोचना संग्रहमाथि साहित्यकार हरि कट्टेलले समीक्षा गरेका थिए। उनले अरुले लेखेको कृति केस्रा,केस्रा केलाएर समालोचना गर्नु सामान्य बौद्धिकताले नभ्याउने उनको टिप्पणी थियो । पोखरेलको ‘समदृष्टि’ निकै उत्कृष्ट संग्रहका रुपमा आएको पनि कट्टेलले बताएका छन् । साहित्यकार पोखरेलले आफूलाई समालोचकका रुपमा समेत प्रभावकारी रुपमा प्रस्तुत गरेको उल्लेख गरे।
कार्यक्रममा प्रमुख अतिथि प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, समालोचक प्राडा गोपाल दाहाल, आयोजक संस्थाका कार्यबाहक अध्यक्ष भूषण ढुंगेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले ‘समदृष्टि’ समालोचना निकै बौद्धिक र गहन रुपमा आएको बताए । पोखरेलले आफूलाई अब समालोचकका रुपमा समेत उभ्याएकोमा उनीहरुले खुसी व्यक्त गरे ।भने उक्त कार्यक्रम गोकुल अधिकारीको संचालनमा रहेको थियो। लेखक पोखरेलले आफूले निकै मेहेनत गरेर समालोचना संग्रह तयार पारेको जानकारी दिदै पोखरेल नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्षसमेत रहेका छन् ।




















