केवल बाच्नुमात्र जिवन हो भने
कुकुर बिरालाहरु पनि त बाचेका छन्
किराफट्याङ्ग्राहरु पनि त बाचेका छन्
चराचुरुङ्गीहरु पनि त बाचेका छन्
केवल आफ्ना सन्ततिमात्र पाल्ने हो भने
कुकुर बिरालाहरुले पनि त पालेका छन्
किराफट्याङ्ग्राहरुले पनि त पालेका छन्
चराचुरुङ्गीहरुले पनि त पालेका छन्
मान्छे फरक छ कुकुर बिराला भन्दा
मान्छे फरक छ किराफट्याङ्ग्रा भन्दा
मान्छे फरक छ चराचुरुङ्गी भन्दा
फरक छ मान्छे सबथोक भन्दा
यदि मान्छे भएर बाच्न चाहन्छौ भने
बेसहाराहरुको सहारा भएर बाच
दुखी गरिबहरुको सहारा बनेर बाच
देशको भरोसा बनेर बाच
नबाच केवल खानको लागि
नबाच जिउँदो लाश बनेर
मान्छे भएर मान्छे बनेर बाच
लक्ष्मण सापकोटा
प्रथम साहित्यिक हिमाल आरोही
अध्यक्ष , महानन्द सापकोटा वाङ्गमय प्रतिष्ठान काभ्रे नेपाल
पनौती ८ , पाटीथुम्का काभ्रेपलाञ्चाेक




















