प्रेम श्रेष्ठ
विराटनगर ,विराटनगरको दुर्गा चोकमा बिहिबार राती ८;३०बजे आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटा नेपाल–भारत सीमा क्षेत्र नजिकबाट पक्राउ परेका छन्।
विराटनगर,२ का अन्दाजी २८ वर्षीय सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर,१ का ५७ वर्षीय रमेश गुप्तालाई बिहीबार राति ८:३० मा खुकुरी प्रहार गरेर फरार भएका थिए।
घाँटीमा चोट लागेका घाइतेलाई उपचारका लागि हाल नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताएका छन्। नोबेल अस्पतालमा पुर्याइएको घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।




















