सामान्य चेक जाँछ पछि डाक्टरले सम्झाउँदै भने , बुबा तपाईंको उमेर अनुसार स्वासप्रस्वास , रक्तचाप , सुगरको मात्रा एकदम राम्रो छ । केही चिन्ता लिनु पर्दैन खानामा पनि खासै मुख बार्न पर्दैन थोरै थोरै इच्छा लागेको कुरा खान सक्नु हुन्छ । यहाँको अनुकूल समयमा छ आठ महिनामा आउन सक्नु हुन्छ । उत्तरार्ध समयमा ध्यान योगले पनि धेरै फाइदा गर्छ । ल अहिलेलाई केही औषधी खान पर्ने देख्दिन । तर पनि चेक जाँच गर्दा नदेखिएको समस्या छ भने भन्न सक्नु हुन्छ ।
चिरञ्जीवी शर्माले अलि अन्कनाउँदै भने, अलि अलि समस्या त भएरै आएको हुँ डा बाबू ।
- भएको समस्या भन्नै पर्छ बुबा भन्नुस् हामी पनि त सर्वज्ञाता कहाँ हुन्छौं र अलि अलि अनुभव र प्रविधिको सहायताले औषधोपचार गर्ने हो । छामेर जाँचेर मात्रै सबै कहाँ था हुन्छ र ? निर्धक्क भन्नुस् हजुरको समस्या । सके म गर्छु नसके विशेषज्ञ सँग परामर्स लिन फर्वावार्ड गर्छु ।
- डा बाबू समस्या त खासै ठूलो हैन । बरु मलाई अलि अरुची हुने , अलि निन्द्रा नपर्ने , अलि अलि खोकी काँसो आइ रहने औषधि लेखी दिनु भए आभारी हुने थिएँ । मेरो समस्या यही हो बाबू । घरमा छोरा बुहारीले बुढेसकालमा नि कति रुचेको कति आनन्दले सुतेको ? शोक न सुर्ता भएको बूढो भन्छन् बाबू ! उमेर अन्सार रोगव्याध नलाए नि अखानै हुने रहेछ ।
--डाक्टर स्तब्ध ।
पोखरा काहुँ डाँडा कास्कि




















