गाउँकाे अनकन्टार भिर पाखामा

फूलहरु फूलेका छन् छरेर सुगन्ध 

यता काठमाडौंका महल हरुमा छैन

मखमली सयपत्री सुनगाभा फूलहरु

फूलाइएका छन् मात्र नक्कली फूल

जिन्दगीको मरुभूमि जस्तै पानाहरु

सगरमा वादल मडारीरहेकाे याे क्षण

काेमल सुगन्धीत फूलकाे कथा के लेखाै

हिमालकाे कथा के लेखाै याे बखतमा

पग्लिएर हिमशैलहरु फुङ्ग उडिरहेछन्

ढंगाकाे समुन्द्रमा अनुवाद भइ रहेछन्

अामाकाे वेदना कति सुनिरहुँ कठै

मुग्लान पसेकाे एक्लाे छाेराे बर्षाेै भयाे

घर फिरेकाे छैन अहिले सम्मकाे पलमा

सम्बन्ध हरु शाश्वत रुपमा अटल भै रहुन्

घरकाे अागनीमा परेवाहरु नाच्न सकुन

निर्धक्कले अामाकाे मन हाँस्न सकाेस

निर्जन गाउँ वस्ति बाट अभावकाे पीडा

भूत जसरी भागेर जाअाेस सदा सर्वदा

नदि र ढुंगाकाे मित्रता झै यहाँ नेपालीकाे

मन मुटु भावकाे माेटाे डाेरी कसिलाे हाेस्

नेपाली नेपाली विचकाे सम्बन्ध शाश्वत 

सद्भावकाे गीत गाई रहन पाउँ ।

        ✍️श्रीबहादुर केसी शैलुङ्गे

              शैलुङ्ग-दाेलखा