कमल बनेर हिलोमा पनि फूल्न सिक्नु पर्छ
अस्तब्यस्त शहरमा मान्छे डुल्न सिक्नु पर्छ
गन्दै गन्दिन त्यो गरीब पाखन्डि भन्नेहरूले
धनि गरीबको विभेदलाई भुल्न सिक्नु पर्छ
कालो सेतो देखिने हरेकरङ्ग जस्तो भएनि
एकताबद्ध भई सबैसॅंग घुल्न सिक्नु पर्छ
पत्थरलाई आगोले गलाउछ बुझी राख्नुस्
चुन जसरी घुल्न त्यसै प्रेम बटुल्न सिक्नु पर्छ
तिमी दौडिदै किनारको पछि किन हिड्ने गर्छौ
बगरले जस्तै नदीले दुस्मन असुल्न सिक्नुपर्छ
जमुना क्षेत्री
ईटहरी




















