अभावमा पनि टिक्ने कोही हुनु हुन्छ भने खबर गर्नु होला 

इमानमा मात्र बिक्ने कोही हुनु हुन्छ भने खबर गर्नु होला 

भन्छन मदत दिने हात अनि बाचुन्जेल साथ पाउन गार्हो छ 

दलदलमा पर्दा झिक्ने कोही हुनु हुन्छ भने खबर गर्नु होला 

मुक्तक-:२

फलाम बनाउने एउटा बङ्गाउने अर्कै नि हुन सक्छ 

मकै रोप्ने एउटा अनि नङ्गाउने अर्के नि हुन सक्छ 

घरको भित्तो र प्रेमिकाको सिउदो उस्तै उस्तै हो हजुर 

साच्चै ख्याल गर्ने एउटा रङ्गाउने अर्कै नि हुन सक्छ !

मुक्तक-:३

समय ले चिन्न नसके को धमनी सिरा हुँ म 

समय ले चिन्न नसके को रेशमी कीरा हुँ म 

हली सँग कहाँ मोती चिन्ने सामर्थय हुन्छर 

समय ले चिन्न नसके को कोहिनुर हीरा हुँ म !

मुक्तक-:४

तिम्रो साथ पाए लोकलमा रमाउन सक्छु देशीमा रमाउन सक्छु 

तिम्रो साथ पाए डाँडामा रमाउन सक्छु बेसीमा रमाउन सक्छु 

आपसी किचमिच अनि साधारण झै झगडा त भै रहन्छ नि बाबै 

तिम्रो साथ पाए मुद्दामा रमाउन सक्छु पेसीमा रमाउन सक्छु ! 

लब खड्का 

हत्तिगाँडा काठमाडौ 

  जय भद्रकाली !