लब खड्काका चार मुक्तक
- चैत १, २०८१
- ४५० पटक पढिएको
अभावमा पनि टिक्ने कोही हुनु हुन्छ भने खबर गर्नु होला
इमानमा मात्र बिक्ने कोही हुनु हुन्छ भने खबर गर्नु होला
भन्छन मदत दिने हात अनि बाचुन्जेल साथ पाउन गार्हो छ
दलदलमा पर्दा झिक्ने कोही हुनु हुन्छ भने खबर गर्नु होला
मुक्तक-:२
फलाम बनाउने एउटा बङ्गाउने अर्कै नि हुन सक्छ
मकै रोप्ने एउटा अनि नङ्गाउने अर्के नि हुन सक्छ
घरको भित्तो र प्रेमिकाको सिउदो उस्तै उस्तै हो हजुर
साच्चै ख्याल गर्ने एउटा रङ्गाउने अर्कै नि हुन सक्छ !
मुक्तक-:३
समय ले चिन्न नसके को धमनी सिरा हुँ म
समय ले चिन्न नसके को रेशमी कीरा हुँ म
हली सँग कहाँ मोती चिन्ने सामर्थय हुन्छर
समय ले चिन्न नसके को कोहिनुर हीरा हुँ म !
मुक्तक-:४
तिम्रो साथ पाए लोकलमा रमाउन सक्छु देशीमा रमाउन सक्छु
तिम्रो साथ पाए डाँडामा रमाउन सक्छु बेसीमा रमाउन सक्छु
आपसी किचमिच अनि साधारण झै झगडा त भै रहन्छ नि बाबै
तिम्रो साथ पाए मुद्दामा रमाउन सक्छु पेसीमा रमाउन सक्छु !
लब खड्का
हत्तिगाँडा काठमाडौ
जय भद्रकाली !




















