विराटनगर,उल्लास र उमंग सञ्चार गर्ने पर्व होली शुक्रबार बिहानैदेखि  विभिन्न संघसंस्था हिन्दु समुदायले होली पर्व मनाएका छन् । सानादेखि ठूला सबैले रंग र अबिरको पर्व होली सडक, चोक, गल्ली र घर-घरमा खेलेका थिए। यहाँ बालबालिका, युवादेखि महिला र बुढापाका पनि सडकमा होली खेल्दै रमाइलो गरेका थिए।

चोकचोकमा होलीका आधुनिक गीत संगीतका डिजे बजाएर रमाइलो गर्ने उत्तिकै थिए।भने  रंग र अबिरसँगै नाचगान गर्दै रमाउने समूह पनि सडकमा उस्तै हिँडेका देखिएका थिए।

अधिकांश बजार र ग्रामीण क्षेत्र रंग, अबिर, लोला र पिचकारीका रंगले रंगिए। बिहानैदेखि होलीका सामान पाइने पसलमा भीड लागेको थियो। 

आपसी मित्रता र सद्भाव प्रगाढ बनाउन होली खेलेर खुसीयाली साटासाट गरिने होमनाथ सुवेदीले बताए सर्वसाधारण, कर्मचारी, दलका नेतादेखि कार्यकर्ता समूह-समूहमा होली खेलेर रमाइलो गरेका थिए। होलीमा अमर्यादित र दुर्घटनालाई मध्यनजर गरेर प्रहरीले ठाउँ-ठाउँमा चेकजाँच कडा गरेर सुरक्षा व्यवस्था सुदृढ गरेको छ।