रातो रगतमा चुर्लुप्प चोपेको

झण्डा बोकेर 

आमाकै छातिमाथी

उफ्रि उफ्रि खेली रहेछन् 

हेप्पी होलि हेप्पी होलि

खै कुन रङ्ग  खेलुँ?


कुन खुसी हर्ष उल्लास मनाउँ

एउटा नारिलाई आगोमा

दन दन्ती चिता जलाए झै

जलाएर के भनी रमाउँ?

त्यहि नारीकै कोखबाट जन्मिएर

त्यही कोख जलाएर कुन रङ्ग   खेलु?


रातो खेलुँ?

रगतको कुण्डमा डुबेर गुहार

गुहार मागिरहे छन्।

निलो खेलुँ?

आकाश जस्तो फराकिलो मन

कसैको छैन

दुनियाँ नअटाउने मनमा कसरी खेलुँ?


हरियो खेलुँ?

प्रतेक घर छानो उजाडिएको छ

प्रदेशिएका छोरा सम्झेर

रोएकाछन् ती बाबू आमा

बक्सामा आउँछ लास उजाडिएको छ।

नारीको जिन्दगी र सिउँदो


कालो खेलुँ?

अन्धकारले यो संसारको जूनमा

ग्रहणले ढाकेझै जताततै

निसपट्ट केही देखिदैन 


सेतो खेलुँ?

छैन कसैको मन र घर सान्ती

उकुस मुकुस भएर जिएको

जिन्दगीले कुन रङ्ग  खेलु??

भन्नुस् न कुन हर्ष उल्लास मनाउँ?


सविना श्रेष्ठ 

बिराटनगर १२