कविता :-"फागु पुर्णिामा



वसन्त ऋतुको प्रहरमा

सबैलाई उत्साह र उमङ्ग भर्दै

असत्य माथि सत्यको जीत लिएर 

आएको छ खुसीको पर्व

रङ्गिन पर्व!

फागु पुर्णिमा ,

होलिको पर्व

रङ्गिन पर्व

आदि नामले परिचित 

नेपालीहरुको विशेष पर्व

 जीवन पर्व जस्तै बनोस्

रङ्गिन बनोस्  हर्ष र उल्लासले

ईन्द्रेणीका सातै रङले सु-सज्जीत बनोस्

परापूर्वकालमा

बाईसेे चौबीसे राज्यकाल देखि 

प्रचलनमा आएको 

विजयले सार्थकता पाएको

काठमाडौं हनुमान ढोका

अवस्थीत गद्दी बैठकबाट 

तीनतले चीर खडा गरि

मुहुर्त हुने यो महान पर्व

छाईरहोस् यसैगरी 

पाईरहोस् सार्थकता

कालन्तरसम्म ।

यो विशिष्ट पर्वमा

हर नेपालीका

सपनाहरुले

रङ्ग पाउन्

उमङ्ग पाउन् र

ढङ्ग पाउन

सोच विचारमा परिवर्तन 

आओस् 

भेदभाव रहित

तरिकाले पर्वको मर्म बुझेर

जन जनको

मन मनमा

बसिरहोस्।

प्रेम सद्भाव,भाईचारा

कायम रहिरहोस्

ईष्र्या वैमनस्य टाढा रहुन्

भगवानको कृपा रहिरहोस्

फागु पुर्णिामाको सम्पूर्णमा

शुभकामना!शुभकामना शुभकामना !


पूर्णबहादुर श्रेष्ठ "हृदयङकृत

पनौती ३काभ्रे