गजल
जिन्दगीकाे यात्रा भन्नु कल्की जस्तै घिर्नी जस्तै
बाटाे जस्तै भत्किएकाे पाली जस्तै घुम्ती जस्तै
नसाेचेकै हुन सक्छ जिन्दगीमा कहिलेकाहीँ
उस्तै उस्तै देखिन्छ याे बर्दी जस्तै फाैजी जस्तै
आकाशमा चन्द्रसुर्य एउटै दिशा परिधिमा
के हुन हाे याद आयाे हुरी जस्तै आँधी जस्तै
हाम्राे भेट हुन्छ हुन्न सपना नै बिग्रेकाे छ
मक्किएकाे खाँबाे देखेँ छाती जस्तै ताैली जस्तै
जिन्दगी छ मेराे यस्तै आँधा ढाेका नखुलेकाे
नखुलेकाे ताला जस्तै चाँबी जस्तै माझी जस्तै
विक्रमपवन परियार




















