विराटनगर,विराट व्यापार संगले आयोजना गरेको होली मिलन कार्यक्रममा सबै क्षेत्र, तहका विशिष्ट व्यक्तिहरूले होलिमिलन कार्यक्रम मनाएका छन् । व्यापार संघले विराटनगरको मारवाडी सेवा सदनमा होली मिलन समारोहको आयोजना गरेका थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश सरकारका मन्त्री र सचिव विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद भीम पराजुली, संविधान सभा सदस्य एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडा, मोरङ व्यापार संघका पूर्व अध्यक्ष ताराचन्द खेतान, महेश जाजु, प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, नेकपा एमालेका नेता विनोद ढकाल, नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापाले कार्यक्रममा सहभागिता जनाएका थिए ।
उद्योगी, व्यवसायी, सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारी, राजनीतिक कर्मी सञ्चार कर्मीहरूको कार्यक्रममा बाक्लो संख्यामा सहभागिता थियो। संघले जलपान सहित आयोजना गरेको होली मिलन कार्यक्रममा कलाकारहरूले विभिन्न गीत गायन संघका महिला उद्यम समितिका पदाधिकारी र सदस्यहरूले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।




















