विराटनगर,२०८२:११/२५ नेकपा एमाले कोशी प्रदेशको कला सांस्कृति विभागको आयोजनामा विराटनगर स्थित एलिट क्लवमा फागु ,होली पर्व विशेष विचार गोष्ठी सम्पनन गरेको छ ।  फागु पर्वको प्रगतिशील रुपान्तरण विषयक गोष्ठी  विभागमा अध्यक्ष तथा पूर्व सांसद् खेम नेपालीको अध्यक्षतामा  सम्पन्न भएको थियो । कार्यक्रममा प्रा. चूठामणि गिरीले होली विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ‘शूद’्र भनेर चरम उपेक्षा गरेका भुई मान्छेका विद्रोह होलीको प्रारुप रहेको कार्यपत्रमा उल्लेख गरेका हुन्  । कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले कार्यक्रमको सह्राहना गर्दै कार्यपत्रमा होली विषय नवीन सन्दर्भ प्रस्तुत गरे । एमाले सबै नेपालीका चाड पर्वहरुमा विद्यमान सबै खालका असमानता र अन्धविश्वासलाई कलात्मक हस्तक्षेप मार्फत् सुधार गर्दै आम नेपाली बीच एकत्व कायम गर्ने कुरामा विशेष ध्यान दिदैं आएको उनको भनाई रहेको थियो । कार्यक्रमका विशेष अतिथि तथा संस्कृतिविद् प्रा.डा. बद्रीविशाल पोखरेलले कार्यपत्रमाथि टिप्पणी गर्दै फागुलगायत  सबै चाडपर्वहरुलाई सबै नेपालीले अपनत्व बोध गरेमा मात्र नेपालमा  सबै खालका विभेद र विद्वेष हटाउन सकिने बताएका थिए । 

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश उपाध्यक्ष टीकाराम  चेम्जोङ, प्रा.डा.भेषप्रसाद धमला, प्रा.डा. मेदिनी प्रसाद शर्मा, प्रवीन नारायण चौधरी,एलिट क्लवका अध्यक्ष विश्वनाथ रिजाल, अग्रज पत्रकार  यज्ञ शर्मा, लेखक द्वय बलराम पोखरेल, कृष्णप्रसाद भण्डारी माक्र्सेंली, एमाले जिल्ला उपसचिव उषा झा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा शिनारायण सिङ्गल, कविता केसरी, बाबुराम पोखरेल ,शुभलक्ष्मी लंसाल, सविना श्रेष्ठ, शान्ता कर्णलगायतले होली विशेष कविता वाचन गरेका थिए ।