काठमाडौँ,  पूर्व राजा ज्ञानेन्द्र शाहलाई आइतबार काठमाडौँमा लाखौँ नेपाली जनताले भव्य स्वागत गरेका छन् । शाह वंशको कुल मन्दिरको रूपमा रहेको स्याङ्जाको आलमदेवी पुगेका पूर्व राजा शाह केही दिनको पोखरा बसाइँ पछि आइतबार काठमाडौँ आइपुगेका थिए।

पूर्व राजा शाह समिट एयरको चार्टर्ड विमानबाट पोखराबाट काठमाडौँ आएका हुन् । विमानस्थलको विशिष्ट कक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेताहरू पशुपति शमशेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वागत गरेका थिए ।

पूर्व राजा शाहलाई पुनः राजा बनाउनु पर्ने माग गर्दै केही दिनयता काठमाडौँ र काठमाडौँ बाहिरका नेपाली जनता आन्दोलित भएका छन् ।