विराटनगर ,नेपालका राष्ट्रवादी शक्तिहरू पूर्वराजा ज्ञानेन्द्र शाहका लागि नारायणहिटी दरबार खाली गर्न सरकारलाई आदेश दिएको छ ।
संघियता खारेजको माग गर्दै २०६२/०६३ को जनआन्दोलन पछि गठन भएको गणतान्त्रिक सरकारले पूर्व राजा ज्ञानेन्द्र शाह बस्ने नारायणहिटी दरवारलाई संग्राहलय बनाएका थिए।भने ब्यबसायको रूपमा संचालन भएको थियो।नेपालीलाई २०० चाइनिजलाई ५००र बिदेशीलाई १००० टिकट बेच्दै आएको राज दरबारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजगद्दीमा फर्काउने अभियानमा लागेका राष्ट्रवादी शक्तिहरू शुक्रवार विराटनगरमा शक्ति प्रदर्शन गर्दै नारायणहिटी िदरवारलाई संग्राहलय नभई दरवारै बनाउन अल्टिमेटम दिएको छ ।
राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, बल्लभप्रसाद दाहाल अध्यक्ष रहेको एकीकृत राष्ट्रिय सघर्ष समिति मोरङ, जितबहादुर अर्जेल अध्यक्ष रहेको नेपाल विद्यत परिषद् र केशवबहादुर बिष्ट अध्यक्ष रहेको राष्ट्रिय शक्ति नेपाल सहित विभिन्न राजनीति दलमा आबद्ध भएर असन्तुष्ट रहेका संयौं सर्वसाधारण शुक्रवार पूर्व राजा ज्ञानेन्द्र शाह फर्काउने अभियानको शक्ति प्रदर्शनको जुलुसमा सहभागी रहेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कोशी प्रदेश अध्यक्ष माधव आचार्य र मोरङ जिल्ला अध्यक्ष कुमार ढकालले शक्ति प्रदर्शन जुलुसको नेतृत्व गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री प्रहलादप्रसाद शाह जुलुसमा सहभागी रहेको थियो। विराटनगरको पुष्पलाल चौकबाट गाडी र मोटरसाइकलमा निस्केको जुलुस नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि गर्दै कञ्चनवारी चौकमा पूर्वराजतन्त्रको पक्षमा, गणतन्त्रको विरुद्धमा नाराबाजी गरेका थिए ।




















