गजल
पिउला म आफै , जहर जिन्दगीको
बगरझै छ सुक्का, नहर जिन्दगीको।
नभएको ललाटमा कहाँ मिल्छ गर्दा,
गल्यो आज आफै, रहर जिन्दगीको।
अपेक्षा के राख्नु म भिखारी बनेर,
दु:ख सुख काट्छु, कहर जिन्दगीको।
सबै आशा टुट्दा सपना नि फुट्दा,
चलो शीत चिसो, लहर जिन्दगीको।
न आफ्नो छ कोही न बने कोहि साथी ,
बुझे मैले अन्तिम , ठहर जिन्दगीको।
योगेश नेपाल अनन्त
बुद्धशान्ति १ झापा




















