मुक्तक१

उस्को श्वासमा अत्तर मेरो श्वासमा खार किन

मेरो भागमा सन्नाटा उस्को भागमा बहार किन 

बारबार त्यही सवाल ले पच्छाई रहन्छ मलाई 

मेरो गलामा फाँसी उस्को गलामा हार किन ! 

मुक्तक-:२

ठगलाई दिएको पैँचो र सरकारको कर उस्तै लाग्छ 

छेपारो को रंग र आइमाई को थर उस्तै लाग्छ 

जति हण्डर खाए पनि कैले पनि चेतना नआउने 

अटेरी को मन र कुकुर को पुच्छर उस्तै लाग्छ !

मुक्तक-:३

मौका परे अचेटेर पेल्न सक्छन है बिचार गर्नु 

उचाइमा पुराइ धकेल्न सक्छन है बिचार गर्नु 

मन पेट प्रशादको हलुवा झै बाड्ने गल्ती नगर्नु 

स्वार्थीहरू भावना सँग खेल्न सक्छन है बिचार गर्नु ! 

मुक्तक-:४

वास्तवमा यो बिराली मुसीको खेल कैले सम्म  

वास्तवमा यो आफूखुशी को खेल कैल सम्म 

जस्ले फूलको जरा काट्यो उस्लाइ फूल उपहार 

वास्तवमा यो चाकडी चापलुसी को खेल कैले सम्म ! 


लब खड्का 

हात्तिगाँडा काठमाडौ 

  जय भद्रकाली !