काठमाडौँ ,जनकपुरबाट उडेको  बुद्ध एयरको एउटा विमान पांग्राबिना नै काठमाडौंमा सकुशल अवतरण गरिएको छ ।


 बिहीबार अपराह्न जनकपुरबाट काठमाडौंका लागि उडेको  उक्त विमानको अगाडिका दुईमध्ये एक पांग्राबिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको छ।भने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।


उनले भने, 'एक पांग्रा नहुँदा पनि जहाज सकुशल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पांग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।' बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौं उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताएका हुन् । 'जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ।