विराटनगर ,नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको पदाधिकारीतर्फको मतगणना सुरु भएको छ । बिहीबार दिउँसो बाट सुरु भएको गणनामा इतर पक्ष भनिएका अजम्बर राईसहितको पदाधिकारी टिमले सुरुबाटै अग्रता लिएको छ । अर्का उम्मेदवार राजकुमार ओझाभन्दा १४ मतले अगाडि बढी सकेका छन् । १८८ मत गणना हुँदा राईले ९८ र ओझाले ८४ मत प्राप्त गरेका छन् ।भने अध्यक्षका उम्मेदवार राई पार्टीभित्र अहिले इतर समूह भनिएर चिनिएका विनोद ढकाल समूहका हुन् । सोही समूहबाट उपाध्यक्षका उम्मेदवार सागर थापाले ९८ र शान्ति लिम्बूले ७७ मत प्राप्त गरेकी छन् । सचिवमा ढकाल समूहकै सोमराज थापाले ९६ र रविन थापाले ७८ मत प्राप्त गरेका छन् । भने उपसचिवमा सन्तोष वान्तवाले १०५ र इर्जालाल राजवंशीले ६८ मत प्राप्त गरेका छन् । अर्को उपसचिवमा उषा झाले ९३ र शिल्पा निराला कार्कीले ८२ मत प्राप्त गरेका छन् ।




















