विराटनगर ,नेकपा एमाले मोरङ जिल्ला कमिटीको नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ ।
बिहीबार विहान ७ बजेदेखि सुरु हुने भनिएको मतगणना एमाले पार्टी कार्यालय पाञ्चालीमा अपरान्ह ३ बजेदेखि सुरु भएको छ।
ढिलो गरी मतगणना सुरु भएको भन्दै निर्वाचन कमिटीसँग उम्मेदवारहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
अध्यक्षसहितका उम्मेदवारहरूले पहिले एउटा मतपेटिकाको मतपत्र खन्याएर मिलाउने र त्यसलाई गणना गरेपछि अर्को मतपेटिकाको गणना गर्ने सहमति भएको थियो ।
१६५ सदस्यीय जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प्यानलै प्रतिष्पर्धामा उत्रिएका छन् ।




















