काठमाडौ, मिति २०८१;११; १७ शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभा हलमा हामी र हाम्रो कृति समाजद्वारा प्रकाशित २०औँ कृति, १११ जना स्रष्टाका १३३२ मुक्तक सङग्रहित हामी र हाम्रो मुक्तक सङग्रहको लोकार्पण भएको छ।


 कार्यक्रममा अग्रज श्रष्टा मुक्तककारको मुक्तक वाचन कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न गरेको छ।

दुई खण्डमा प्रस्तुत गरिएको उक्त कार्यक्रममा पहिलो खण्डमा पुस्तकको लोकार्पण भएको थियो। भने दोस्रो खण्डमा नौ जना अग्रज मुक्तकारले मुक्तक वाचन गरेका थिए।

कार्यक्रम हामी र हाम्रो कृति समाजका संस्थापक अध्यक्ष मदन नेपालको सभापतित्वमा सुरु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई थिए ।

कार्यक्रमको दोस्रो खण्डमा अग्रजमुक्तकारको मुक्तकवाचनको कार्यक्रम राखिएको थियो। उक्त दोस्रो खण्डको कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार उषा शेरचनले गरेका थिए

अग्रजलाई सम्मान हाम्रो अभियान शृङ्खला अन्तर्गत हामी र हाम्रो कृति समाजले एउटै मञ्चमा नौ जना वरिष्ठ अग्रज साहित्यकारलाई प्रस्तुत गरेको थियो। उक्त वाचन कार्यक्रममा अग्रज साहित्यकार उषा शेरचन, ज्ञानुवाकर पौडेल, रामकाजी काेने, राधेश्याम लेकाली, यादव भट्टराई,रमेश पाैडेल, प्रकाश बस्नेत गफाडी, सुवासचन्द्र ढुँगेल, डा. गाेपाल पाैड्याल मण्डनेलाई मञ्चमा प्रस्तुत गरिएको थियो।

मञ्चमा भएका सम्पूर्ण अतिथिलाई फूल माला अर्पण संस्थाका उपाध्यक्ष नम्रता उप्रेती सुधा बाँस्कोटा र मन्दा पाैडेलले गरेका थिए।

कार्यक्रमको उद्घाटन पानसमा बत्ति बालेर गरिएको थियो भने पुस्तकको लोकार्पण पश्चात प्रमुख अतिथि भुपाल राईले हामी र हाम्रो कृति समाजले अहिलेसम्म गरेका कार्यहरूको बारेमा धन्यवाद दिएका थिए।

उनले हामी र हाम्रो कृति समाजले आफ्नो स्थापनाको छोटो अवधिमा नै नेपाली साहित्यको जगेर्ना गर्ने र प्रतिभाहरूको उजागर गर्ने सराहनीय कार्य गरेको भन्दै हामी र हाम्रो कृति समाजको प्रशंसा गरे। हामी र हाम्रो कृति समाज मोफसलमा रहेका स्रष्टाको समेत अभिभावक भएर उनिहरुको कृति प्रकाशन गरिरहेकोमा आफू गौरवान्दित भएको कुरा बताए।

कार्यक्रममा सुभद्रा अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गरिन। भने हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेतीले कार्यक्रमको बारेमा जानकारी दिए।

कार्यक्रममा हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले शुभकामना मन्तव्य राख्दै हामी र हाम्रो कृति समाजले गरेको कार्य निकै प्रशंसनीय रहेको कुरा बताए।

करिब ३ घण्टा चलेको उक्त कार्यक्रममा अग्रज श्रष्टाहरूले दुई चरण गरेर आफ्ना १२-१२ वटा मुक्तक वाचन गरे। विभिन्न संस्थाका अध्यक्ष गीतकार मुक्तकार गजलकार सहित करिब १५० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रम हामी र हाम्रा कृति समाजका सदस्य नवराज नवशिलाले सञ्चालन गरेका थिए।

हामी र हाम्रो कृति समाजले साधारण सदस्यहरूबाट सदस्यता शुल्क बापत उठाएको रकमले यो कार्यक्रम गर्न सम्भव भएको र सम्पूर्ण स्रष्टालाई हार्दिक धन्यवाद ज्ञापन संस्थाका अध्यक्ष मदन नेपालले समापन गरेका थिए।