लमजुङ ,मनाङका उच्च क्षेत्रमा हिमपात भएको छ ।

 केही दिनयता मौसममा बदली भएपछि उच्च क्षेत्रमा हिमपात बढेको हो ।

विगतका वर्षमा मनाङको सबैभन्दा तल्लो क्षेत्र ताल (१,७०० मिटर) सम्म हिउँ पर्ने गरेकोमा यस वर्ष माथिल्लो मनाङका बस्तीसम्म पनि जम्ने गरी हिउँ पर्न सकेको छैन ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार माथिल्लो मनाङको मनाङ गाउँ (३,५१९ मिटर), खाङ्सार (३,७६५ मिटर) लगायत बस्तीमा सामान्य रुपमा हिउँ परे पनि जमेको छैन । डाँडाकाँडासम्म परेको हिउँ बस्तीसम्म झर्न नसकेको उनले बताएका छन्  । अहिले चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकहरु निकै कम आएको र आएका पर्यटकहरु गन्तव्यतर्फ जाँदै गरेको उनले बताएका छन्  ।