विक्रमपवन परियारका     गीत- पर्दा


आँसुले तिर्खा मेटिन्नँ कहालीलाग्दो पर्दा भाे

कसरी देख्नु तिम्राे तस्वीर आँखामा पर्दा भाे


बन्द काेठामा आँसु पिएर बाँचुला म कति

याे कस्ताे भाग्य पीडा लुकाई हाँसुला म कति

के भाे यस्ताे आफ्नै जिन्दगी आफैँलाई पर्दा भाे

कसरी देख्नु तिम्राे तस्वीर आँखामा पर्दा भाे


म हिँड्ने बाटाे अझै उकालाे ओरालाे उस्तै छ

के सुनाऊ कथा तिम्राे र मेराे कहानी उस्तै छ

दु:ख के बाँड्नु म एक्लाे मान्छे आँसु नै पर्दा भाे

कसरी देख्नु तिम्रो तस्वीर आँखमा पर्दा भाे


आँसुले तिर्खा मेटिन्न कहालीलाग्दो पर्दा भाे

कसरी देख्नु तिम्राे तस्वीर आँखामा पर्दा भाे

****

विक्रमपवन परियार