????️गीत????️
छाेटाे जीवन अाशा लामाे ????मनमा लाग्दाे रै छ
याे भूगाेलमा????सदा बाँचिरहने रहर जाग्दाे रै छ।
मध्ये रातकाे त्याे सपनीमा~~उनलाई नै हाे देखे
अाँशुभेल मुल फुट्दा~छातीमा उनकै नाम लेखे
अग्निज्वाला भित्र जल्दा हुने थियाे कि कतै जाती
अतितकाे यादले सताउदा पाेलिरहन्छ कठै छाती।
संघर्ष लाई थाती राखी याे समाज भित्र बाँचिरहे
दर्द पीडा अात्मा भित्रै सजाइ~ सजाइ हाँसिरहे
खहरेकाे भेल भन्दा तमाेर लिखु हुनु थियाे जाती
कति कुरा मनमा खेल्छन् भित्र भित्रै पाेल्छ छाती।
✍️२०८१/११/०७ गते!




















