बहर : मुतकारिब मुसम्मन महजुफ

अर्कान : फऊलुन् फऊलुन् फऊलुन् मफा

वजन : १२२ - १२२ -१२२ -१२

गजल 

कसैलाई देखेर  मुटु  तड्पियो 

हियामा उसैको प्रणय लेखियो 


गुलाफी थियो रंग अनुहारमा 

त्यसैमा सबैको नजर अल्झियो


सबैको नजरमा थियो दूध दही 

छिमेकी बिरालो झनै पल्कियो


प्रियाको नजरमा परेको  शिला 

अचानक हिउँ झैँ पुरै पग्लियो


महाकुम्भ जलमग्न  डुब्ने हुँदा 

ठूलो भीडमा नाउ नै पल्टियो


• देवी पन्थी /// नेसाविसं

२०८१/१० /०५