भूपाल अधिकारी का     लधुकथाः ज्योतिष फेल 

-

तिम्राे सिक्री चाँडै भेटिन सक्छ। लगभग तीनदिन भित्रै । तीन दिनमा पनि भेटिएन भनेँ चौसठ्ठी दिनमा चिनो मात्र थाहा पाउछौ।तर अन्धलोचन योगमा हराएको हुनाले भरसक चाँडै भेटिने सम्भावना छ।कसैको हात परेको छैन।हरि बाजेले पात्रो हेर्दै ज्योतिष गणना गर्दै कृष्णलाई उसको हराएको दुई तोलाको सुनको सिक्रीको बारेमा भनिरहेका थिए। उनै ज्योतिषी हरिबाजेकै घरको बरन्डामा।

छेउमा बसेर श्यामले सबै कुरा सुनिरहेको थियो।ज्योतिष विद्यामा बहुत नाम चलेका हरिबाजेले भनेको ट्याक्कै पुग्छ । भन्ने गाउँटोलभरि हल्ला थियो। त्यही भएर कृष्ण पनि आफ्नो हराएको सिक्री भेटिन्छ की ? भनी, हरिबाजेकोमा ज्योतिष देखाउन गएका थिए । आफ्नो सिक्री भेटिन्छ पक्कै भन्ने कुरामा विश्वस्त भई ऊ घरतिर लाग्यो।

अब हरिबाजेको बरन्डामा हरिबाजे र श्याम मात्र थिए। गुरु तपाईं त ज्योतिष विद्या धेरै जान्नु हुँदो रहेछ । मान्नुस् की म तँपाईँको गालामा हिर्काउने वाला छु।अब भन्नुस् म तँपाईंको कुन गालामा हिर्काउछु होला ? भनी श्यामले हरिबाजेलाई भन्यो।हरिबाजेले ज्योतिष विचार गरेर गणना गरेर भनेँ पक्कै पनि तिमीले मेरो दाहिने गालामा हिर्काउन सक्छौ भनेँ । त्यति भन्ना साथ श्यामले हरिबाजेको देब्रे गालामा एक थप्पड दियो। र, भन्यो । "हो यहाँनेर गुरुको ज्योतिष फेल खायो ।"


विराटनगर