मोरङ, रङ्गेली स्थित महालक्ष्मी मा वि ८ दर्वेशाको व्यवस्थापन तथा रानी आँखा अस्पतालको आयोजनामा एकदिने आखा कान सिविर सम्पन्न भएको छ । मिति २०८१/११/०६ गतेका दिन विद्यालयका २८१ जना बिद्यार्थी र करिव २३ जना अभिभावकले आफ्नो आँखा कान जचाएर लाभ लिएका थिए । विद्यालयले शैक्षिक पठानपाठाका साथ साथै बालबालिका , अभिभावक र शिक्षक कर्मचारीहरूको स्वस्थ्य अवस्थाको चेकजाँच गराई स्वस्थ नागरिक उत्पादन गर्ने कार्यमा लाग्नु एउटा प्रशंसनीय कार्य गरेको   चिरञ्जीवी काफ्लेले  जानकारी  दिएका छ्न । उनले भने यस्तो कार्य बेला बेला भए केही सुधार हुने थियो। रानी आँखा अस्पतालले नि:शूल्क आँखा सिविर चलाएर विद्यालयका विद्यार्थी , अभिभावक तथा शिक्षक कर्मचारीहरूलाई सेवा प्रदान गरेको छ ।