सुनसरी, इनरुवा(ASN) चलचित्र महासङ्घले इन्टरनेसनल अवार्डको कार्यक्रम गरेको छ। सो कार्यक्रम संस्थाका अध्यक्ष झोटन मेहताको अध्यक्षता र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीको प्रमुख आतिथ्यमा भएको हो । संस्थाले समाजको विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट काम गरेबापत सो इन्टरनेसनल अवार्ड प्रदान गरेको छ। यस एवार्ड भित्र गीतकार, गायक ,क्यामरामेन ,नायक ,नायिका ,निर्देशक, कलाकार, निर्माता ,रेकर्डिङ स्टुडियोका साथै समाजसेवी, डाक्टर ,वकिल ,जेष्ठ नागरिक ,संगीतकार ,मूर्तिकार र साहित्यकार आदि परेका छन् । एवार्ड पाउनेमा देश भरिका विभिन्न क्षेत्र झापा,मोरङ ,संखुवासभा ,भोजपुर ,खोटाङ ,सोलुखुम्बु ,चितवन ,हेटौंडा ,रेडियो नेपाल आदि  र भारतको आसाम,दिल्ली ,सिक्किम ,अररिया बिहार आदिसम्मका  ब्याक्ती परेका छन् । करीब २५० जनाको सहभागी भएको  उक्त कार्यक्रममा ८५ जनाले (ASN international AWARD) , ७० जनाले प्रमाणपत्र र ७५ जनाले मायाको चिनो पाएका थिए ।  यीमध्ये (ASN international award )पाउने साहित्यकारमा लिलानाथ सिलवाल ,राधा सुवेदी ,युबराज दाहाल र लघुकथाकारमा रमेन्द्र कोइराला थिए।भने आफ्नो आफ्नो संस्कृति र भेष भुसा झल्काउने पोसाक सहित प्रस्तुत गरेका थिए।  शुरुमा झाँगड ,थारू ,कुलुङ,ऋषिदेव आदि र अन्य समुहबाट बाजागाजा सहित बजार परिक्रमा गरि कार्यक्रम स्थलमा आएर कार्यक्रम शुरु भएको थियो । एवार्ड  ,प्रमाणपत्र ,मायाको चिनु वितरण ,शुभकामना मन्तव्य ,विभिन्न कल्चर डान्स ,गीत,गजल आदिको वाचन  भएको रमेन्द्र कोइरालाले जानकारी दिएका छन्  ।

Messenger_creation_560A8B55-5C85-454A-B8FF-AC8AC6865D4F