विराटनगरको सोरुमबाट चोरी भएको कार सुनसरीमा फेला परेको छ । मोरङ प्रहरीका प्रहरी प्रमुख एसपी नारायण चिमरीयाले बिहीबार राती विराटनगरको सोरुमबाट चोरी भएको कारलाई शुक्रबार सुनसरीबाट फेला पारेको बताएका छन्  । चोरीको कार चलाउने चालक विराटनगर–४ का २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरेको एसपी चिमरियाले बताएका छन्  । बिनले बिहीबार राती विराटनगर–३ स्थित धरान विराटनगर सडक खण्डको एयरपोर्ट मोड अगाडि रहेको पूजा इन्टरनेशनल सोरुमको सिसा फुटाएर ८० लाख रुपैयाँ पर्ने कार चोरी गरेका थिए । बिनले कार सँगै १ थान ल्यापटप समेत चोरी गरेका थिए । शुक्रवार दिनको १२ः३० बजे विराटनगर–४ को इक्राहीबाट सुनसरीको भोक्राहा तर्फ गइरहेको कारलाई प्रहरीले फेला पारेको छ । भने मोरङ प्रहरीले कार चोरीमा संलग्न बिनलाई शुक्रवार चोरी भएको कार सहित सार्वजनिक गरेका छन् ।