काठमाडौं, दक्षिणी क्यालिफोर्नियाको एउटा व्यावसायिक भवनमा सानो विमान ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।भने सो भवन एउटा फर्निचर कारखाना भएको बताइएको छ । घाइतेमध्ये १० जनाको अस्पतालमा उपचार भइरहेको र आठ जनालाई घटनास्थलमै उपचार गरी घर पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । एकल इन्जिन भएको भ्यान्स आरभी टेन विमान बिहान स्थानीय समय अनुसार करिब सवा दुई बजे दुर्घटनामा परेको थियो । दुर्घटना कसरी भयो भन्ने बारे संघीय हवाई प्रशासनले थप केही खुलाएको छैन । मृत्यु हुने दुई जना विमानमा सवार व्यक्ति रहेको वा उक्त फर्निचर कारखानामा कार्यरत कामदार रहेको भन्ने विषयमा भने खुलाइएको छैन । घाइतेमध्ये कम्तीमा १२ जना कारखानाका कामदार रहेको बताएको छ ।