दाङ ,लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उत्तरदायी पत्रकारिता आजको आवश्यकता भएको बताएको छ । प्रेस चौतारी नेपाल दाङबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्न शुक्रबार घोराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले पत्रकार समाजप्रति जवाफदेही भएर काम गर्नुपर्ने बताएका छन् । मर्यादित र व्यावसायिक पत्रकारिताको आवश्यकता औल्याउँदै आचार्यले केही विकृति, विसंगति भित्रिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । सञ्चार क्षेत्रको सबलीकरणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको उनले बताएका हुन् ।




















